काठमाडौँ, २५ पौष । काठमाडौँ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बालबालिकाका लागि फाइजर खोप पठाइसकिएको र अब पालिकाहरुले समन्वय गरेर खोप दिने छ ।
भक्तपुरसहित अरु जिल्लामा भने मोडर्ना खोप दिने तयारी छ । यसअघि सरकारले काठमाडौँ उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको चार गतेदेखि नै मोडर्ना खोप दिइएको छ ।
अहिले फेरि फाइजर खोप कम भएको भन्दै सरकारले काठमाडौँ र ललितपुरबाहेकका अरु जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरेको छ । बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्