अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २६ पौष । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर  स्थिर रह्दै प्रतितोला ९१ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।