संखुवासभा, २६ पौष । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका राजनीतिक दल वामपन्थी खोल ओडेर दक्षिणपन्थीको सेवामा लागेको आरोप लगानुभएको छ ।
सोमबार एमाले संखुवासभा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई वामपन्थी भन्ने दलहरु प्रतिक्रियावादीहरुो खेमामा पुगेको आरोप लगाउनुभयो । उहाँले देशमा परिवर्तन चाहाने एकमात्रै वामपन्थी पार्टी एमाले भएको दावी समेत गर्नुभयो । एमालेको काँधमा देश बनाउने अभिभारा रहेको भन्दै त्यो अभिभाराबाट एमाले नभाग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले देश विकासका लागि एमाले नै चाहिने भन्दै एमाले नेतृत्वको सरकारबाहेक अरुले देशको विकास गर्न नसक्ने बताउनुभयो । एमालेले देशमा विकासको लहर ल्याएको उदाहरण दिदै त्यही विकास देख्न चाहनेहरुले आफ्नो नेतृत्वको सरकार ढालेको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘वामपन्थीको खोल ओडेका पार्टीमा साथीहरु अलमल नगर्नुहोस् । एमाले मात्रै परिवर्तन चाहाने, देशमा उन्नती, प्रगति चाहाने, सामाजिक न्याय र समानता दिने पार्टी हो । वामपन्थी खोल ओडेर प्रतिक्रियावादी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन आग्रह गर्छु । विकासका लागि एमाले नै चाहिन्छ,किमाथाङका सडक एमालेले सुरुवात गर्यो ।’
कार्यक्रममा पार्टी उपाध्यक्ष विष्णु पौडेल, पार्टी स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, शिवमाया तुम्बाहाम्फे, पोलिटब्युरो सदस्य परशुराम मेघी गुरुङ, केन्द्रीय सदस्यहरु दुर्गा प्रसाई, सुनिता बराललगायतले सम्बोधन गर्नुभयो । पार्टी जिल्ला अध्यक्ष जेवी घिमिरेको दक्षता, ३० हजारभन्दा बढी उपस्थिति रहेको थियो ।
कार्यक्रममा कांग्रेस, माओवादी केन्द्रका निर्वाचित वडाध्यक्षसहित करिव २५ सयभन्दा बढी नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्