Banner News

राष्ट्रपतिद्वारा सरकारको सिफारिसमा गैर आवासीय राजदूत नियुक्त



काठमाडौँ, २६ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा गैर आवासीय राजदूत नियुक्त गरेकी छन ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, २८२ अनुसार जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हङगेरी र चेक गणतन्त्र समेतका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन ।