राजनीति

मन्त्री पौडेललाई कोरोना संक्रमण



काठमाडौँ, २६ पौष । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण देखिएको छ ।

रुघा र सामान्य खोकी लागेपछि सोमबार विहान पीसीआर परीक्षण गराउनुभएका उहाँमा संक्रमण पुष्टि भएको प्रेस संयोजक बिमल खड्काले जानकारी दिनुभयो । मन्त्री पौडेलेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । उहाँ होम आइशोलेसनमा रहेको खड्काले बताउनुभयो ।

संक्रमण भएसँगै मन्त्रीको पूर्वनिर्धारित र दैनिक भेटघाटको कार्यक्रम पनि केही समयका लागि स्थगित गरिएको संयोजक खड्काले जानकारी दिनुभयो ।