समाचार

आजको मौसम



काठमाडौँ, २७ पौष । देशका विभिन्न भागमा आज पनि हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहने छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आजराति देशभर आंशिक बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ । हिमपात र वर्षाका कारण हुने चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि भिभागले आग्रह गरेको छ ।