Banner News

२४४४ जनामा कोरोना संक्रमण, ३१३ जना डिस्चार्ज



काठमाडौँ, २७ पौष । थप २४ सय ४४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ३५ हजार ९ सय २७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय १३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १४ हजार ७ सय ९८ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७ जना पुगेको छ ।