समाचार

ट्याक्टरले ठक्करबाट एक विद्यार्थीको मृत्यु



मोरङ, २८ पौष । मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा ट्याक्टरको ठक्करबाट कलेज गइरहेका एक विद्यार्थीको मृत्यु भएको छ ।

आज बिहान प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोटरसाईकलबाट नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका-६ का १९ वर्षिय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको र सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।