काठमाडौँ, २९ पौष । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिड विरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको हो ।
काठमाडौँ मोडल अस्पताल प्रदर्शनी मार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीता पाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिड विरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले जानकारी दिएका छन ।
स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाइँदै आएको छ ।खोप बिहान १० बजेदेखि ३ बजेसम्म लगाइँदै आएको छ । सरकारले कोभिड विरुद्धको खोप अनिवार्यको घोषणा गरेपछि खोप लगाउनेको भीड बढेको हो ।










प्रतिक्रिया दिनुहोस्