राजनीति

प्रकाशशरण महतलाई कोरोना संक्रमण



काठमाडौँ, १ माघ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पिसिआर परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण भएको महतले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । शनिबार फेसबुकमार्फत् महतले कोरोना देखिएसँगै आफू होम आइसोलेसनमा रहेको जानकारी दिएका हुन् ।