समाचार

ब्राउन सुगरसहित १० जना पक्राउ



सुर्खेत, २ माघ । लागु औषध ब्राउन सुगरसहित १० जनालाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–१० स्थित रहेको होटल बुलबुले भ्यु टु को कोठा नं. २०६ , २०३  र वीरेन्द्रनगर बजार एरिचोकबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा ५ जना वीरेन्द्रनगरका, ४ जना दैलेख र एक जना कालिकोटमा रहेका छन् ।  वीरेन्द्रनगर नगरपालिका –३ बस्ने वर्ष ३० को सुमन खत्री, २२ वर्षका कमल डाँगी र २५ वर्षीय युवराज ढकाल, वडा नम्बर–४ बस्ने वर्ष २३ को रञ्जित खड्का र २४ वर्षीय सुजन शर्मा  रहेका छन् ।

त्यस्तै दैलेख नारायण नगरपालिका–८ का २३ वर्षीय दीपक थापा, नानपा ११ का २९ वर्षीय सागर चन्द, ८ बस्ने वर्ष २३ को क्षितिज शाही, दैलेखकै डुङ्गेश्वर गाउँपालिका–१ बस्ने  वर्ष २४ को डम्बर खड्का छन् । यस्तै कालिकोट महाबै गाउँपालिका –३ बस्ने वर्ष २२ को  जीवन सिंह पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।  कर्णाली प्रदेश प्रहरी कार्यालयको लागू औषध ब्युरोबाट खटिएका टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी  टोलीले ६३० मि.लि. ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चरेस ४ ग्राम  र गाँजाको धुलो ३२ ग्राम सहित बरामद गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।