अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २ माघ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ९ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।