काठमाडौँ, ३ माघ । सरकारले तथा सांसदले संसद्मा दर्ता गरेको विधेयक माथि संशोधन प्रस्तावविना नै समितिमा पठाउने नीति बनाउन लागिएको छ।
संसद सचिवालयले संसदमा दर्ता भएर रहेका विधेयकलाई अब संशोधन प्रस्ताव आए पनि नआए पनि दफाबार छलफलका लागि समितिमा पठाउने तयारी गरेको हो। अहिलेसम्मको अभ्यासमा संशोधन प्रस्ताव दर्ता भएका विधेयकलाई मात्र समितिमा पठाएर संशोधनसहित सदनमा पेश गरेर पारित गर्ने गरिएको थियो।अन्तर व्यवस्थापिका संघ (आइपियु)को स्पेनमा हालै सम्पन्न १४३औं सम्मेलनमा भाग लिने क्रममा संसद्का महासचिवहरूको बैठकमा समेत यो विषयले प्रवेश पाएको छ। संसद्मा दर्ता भएको विधेयकमाथि संशोधन दर्ता भएमा मात्र समितिमा पठाउने विषयमा संसदीय व्यवस्था भएका सबै मुलुकमा बहसको विषय बनेको स्रोतले बतायो।
कतिपय देशले विधेयकमाथि संशोधन नआइकनै समितिमा पठाउने अभ्यास गरिसकेका छन्। नेपालले पनि यस विषयमा अब अभ्यास सुरु गर्नुपर्ने भन्दै संसद् सचिवालयले यस प्रक्रिया अघि बढाउन लागेको छ। संसद् सचिवालय स्रोतले भन्यो, ‘अब हामी लागि संशोधन प्रस्ताव दर्ता नभए पनि समितिमा पठाउने अभ्यासको सुरु गर्ने तयारीमा छौं।’ संसद बैठकमा सांसदले पनि संशोधन प्रस्ताव नआए पनि समितिमा छलफल गर्न पाउनुपर्ने माग संसद् बैठकमा पनि बेला बेलामा राख्ने गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्