Banner News

६७३४ जनामा कोरोना संक्रमण, ५४७ जना डिस्चार्ज



काठमाडौँ, ३ माघ । थप ६ हजार ७ सय ३४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ५९ हजार ४ सय ८५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ५ सय ४७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १६ हजार ९ सय ८५ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय २३ जना पुगेको छ ।