समाचार

आजको मौसम



काठमाडौँ, ४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा आंशिक बदली को अवस्था रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज बिहान प्रदेश १ र मधेश प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदलीको रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।

त्यस्तै आज दिउँसो पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।