समाचार

कोभिड–१९ विरुद्धको खोप बेचे अथवा किनेर लगाए कारबाही



काठमाडौँ, ५ माघ । सरकारले कोभिड–१९ विरुद्धको खोप बेचेको अथवा किनेर लगाएको पाइए कारबाही हुने जनाएको छ ।

कोभिड–१९ विरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेको भन्दै बेचे वा किनेर प्रयोग गरेको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावीन दिएको छ ।

“अबैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुनेछ । कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा यथार्थ जानकारी गराउन अनुरोध छ,” मन्त्रालयले भनेको छ ।