काठमाडौँ, ६ माघ । माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा कोरोना संक्रमित भएका मतदाताले पनि मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले बुधबार जारी गरेको १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअनुसार कोरोना संक्रमित भए पनि मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ । संक्रमण देखिएका मतदाताका लागि बेग्लै मतदान स्थल बनाइनेछ भने मत खसाल्न बेग्लै बाकससमेत राख्ने व्यवस्था छ ।
साथै मतदान केन्द्रहरूमा स्वास्थ्यकर्मीको टोली राख्ने तयारी छ । यस निर्वाचनका लागि गाउँपालिका प्रमुख तथा उपप्रमुख र नगरपालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्य मतदाता हुन्छन् । जसमा २०२५ जना मतदाता छन् ।
१९ पदका लागि विभिन्न दलबाट ४३ जनाको उम्मेदवारी परेको छ। सत्तागठबन्धनले भागबन्डा गरी १९ पदका लागि उम्मेदवार उठाएका छन् भने एमालेले १९ जना नै उम्मेदवार उठाएको छ ।










प्रतिक्रिया दिनुहोस्