काठमाडौँ, ६ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६,९८१ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५ हजार १ जना, ललितपुरमा ११३० र भक्तपुरमा ८५० जना संक्रमित थपिएका हुन् ।
यस्तै काठमाडौँ उपत्यकामा ३७ हजार ९३ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ सक्रिय संक्रमित छन् । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन् ।










प्रतिक्रिया दिनुहोस्