काठमाडौँ, ७ माघ । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ ।
बिहीबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकिकृत समाजवादी)मा अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्ताले गठबन्धनको बैठक आज चार बजे बस्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण भएपछि नेपाल केहि दिनदेखि होम आइसोलेनमा थिए । कोरोना संक्रमणमुक्त भएपछि नेपालको यो पहिलो शीर्ष तहको भेट हो । हिजो भएको भेटवार्तामा स्थानीय चुनावका सन्दर्भमा कुराकानी भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्