समाचार

काठमाडौँ उपत्यकामा थप ५,२९९ जनामा कोरोना पुष्टि



काठमाडौँ, ७ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५,२९९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४ हजार २ सय ७९ जना, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ हजार ५६ पुगेको छ ।  नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० हजार ७०३ जना कोरोना संक्रमित थपिएका छन् ।