काठमाडौँ, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको तयारी गर्न आग्रह गरेका छन् ।
आज राष्ट्रका नाममा गर्दै उनले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भन्दै तयारी गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका हुन् ।
उनले भने, “एक वर्षभित्रै तिनै तहको निर्वाचन पूरा गर्नुपर्ने दायित्व रहेको सरकारमाथि रहेको छ । निर्वाचनका पूर्व तयारीका कामहरू सम्पन्न गर्न सबै सम्बन्धितसँग अनुरोध गर्दछु ।,”
प्रधानमन्त्री देउवाले किसालनलाई मल, बिउ र विद्यालय तहका विद्यार्थीलाई निशुल्क पुस्तक वितणको व्यवस्था मिलाएको बताएका छन् ।किसानले मल बिउको समस्याले गुज्रिरहेको र कृषि मन्त्रीले मल दिन नसक्ने जानकारी गराएलगत्तै प्रधानमन्त्रीले समयमै वितरणको व्यवस्था मिलाएको बताएका हुन् ।
त्यस्तै प्रधानमन्त्री देउवाले नेपाल विकाशील राष्ट्रमा स्तरोन्नति हुँदै गएको भन्दै कोभिड–१९ बाट जनतालाई बचाउन चैतसम्म सबै नागरिकलाई खोप लगाउने कार्यक्रम निरन्तर जारी रहने बताए । “१९ वर्षमाथिका ६५ प्रतिशत जनतालाई पूर्ण खोप वितरण गरिएको छ,” उनले भने ।
पुस मसान्तसम्म एक करोड १८ लाख ६९ हजार ९७४ जनाले पूर्ण मात्रामा खोप लगाएको उनले बताए । यस्तै, अग्रपंक्तिमा काम गर्नेहरूलाई बुस्टर जोड लगाइरहेको र ६० वर्षमाथिका व्यक्तिलाई यसै महिनादेखि बुस्टर डोज लगाइने बताए ।










प्रतिक्रिया दिनुहोस्