समाचार

काठमाडौँ उपत्यकामा ५,३०६ संक्रमित थपिए



काठमाडौँ, ८ माघ ।  काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा पाँच हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार १८७ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर १० हजार २५४ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै पाँच हजार ३०६ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै तीन हजार ७६२ जना छन् । यस्तै, ललितपुरमा एक हजार ११० र भक्तपुरमा ४३४ संक्रमित थपिएका हुन् ।पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै तीन हजार ७६२ जना छन् । यस्तै, ललितपुरमा एक हजार ११० र भक्तपुरमा ४३४ संक्रमित थपिएका हुन् ।