काठमाडौँ, १० माघ । थप १० हजार ३ सय १९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख १८ हजार ४ सय ४८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८२ हजार ५ सय ५० जना रहेका छन।
मन्त्रालयका अनुसार आज २५ सय ४० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख २४ हजार २ सय ३९ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्