समाचार

काठमाडौँ उपत्यकामा थप ३,७९१ जनामा कोरोना पुष्टि



काठमाडौँ, १० माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३,७९१  जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३ हजार ६ सय ३४ जना, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९  जना कोरोना संक्रमित थपिएका छन् ।