राजनीति

पूर्वमन्त्री बस्नेतद्वारा जन्मदिनको अवसरमा कैदीवन्दीलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न वितरण



काठमाडौँ, ११ माघ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो जन्मदिनको अवसरमा केन्द्रीय कारागारमा रहेका महिला कैदीवन्दीलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न वितरण गर्नुभएको छ ।

आफ्नो जन्मदिनको अवसरमा आज नेता बस्नेतले काठमाडौँको सुन्धारा स्थित कारागारमा रहेका ३६८ जना महिला, १२ जना बालबालिका तथा २० जना विदेशी गरी जम्मा ४०० जना कैदीबन्दीलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न वितरण गर्नुभएको हो । नेता बस्नेतले जुत्ता, सेनेटरी प्याड, माक्र्स, सेनेटाइजर, सेम्फो, सावुन, चाउचाउलगायतका सामाग्रीहरु त्यहाँको जेलरलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले मानव सेना नै धर्म भएकाले कोभिड १९ को कहरका कारण कैन्दीबन्दीलाई भएको समस्यालाई मध्यनजर गर्दै सहयोग सामाग्री हस्तान्तरण गरेको बताउनुभयो । विगतको जन्मोत्सवमा वालगृह, सेवाघर, आश्रमलगायतका ठाउँहरुमा गई जन्मोत्सव मनाउने गरेको भएता पनि यो वर्ष भने कैदीवन्दीहरुको समस्यालाई मध्यनजर गर्दै काठमाडौँको सुन्धारा स्थित कारागारमा रहेका महिला सुधार गृहमा रहेका कैदीवन्दीलाई सहयोग गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सामान्यतया नेपालीहरुले आफ्नो उत्सव तथा पर्वहरु मनाउने गरेकाले मेरो आज जन्मोत्सव पनि हो । उक्त अवसरमा समाज सेवालाई ध्यान दिँदै विगतका वर्षहरु झैं यस पटक कैदीवन्दीका महिलाहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा खाद्यान्न गरी करिवा ४०० प्याकेट सामाग्री सहयोग गरेको छु । कारागारभित्र वसेर अभावको जीन्दगी विताइरहनुभएका महिलाहरुको अवस्थालाई ध्यान दिई यहाँका जेलर साथीहरुलाई हस्तान्तरण गरेको छु ।’