काठमाडौँ, १२ माघ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुनेछ ।
केन्द्रीय तथ्याँक विभागले बिहान १० बजेपछि विवरण सार्वजनिक गर्न लागेको हो । प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने विभागले जनाएको छ । अहिले प्रारम्भिक मात्रै आउने र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुने छ ।
विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्