काठमाडौँ, १३ माघ । थप ८ हजार १७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ३९ हजार २ सय ६७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ५ हजार २ सय ९२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ३७ हजार ४ जना रहेको छ । आज १५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ८७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्