समाचार

स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु



महेन्द्रनगर, १७ माघ । कञ्चनपुरमा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको हो ।

बिचपुरीबाट नौलाखेततर्फ जाने क्रममा चौधरी सवार से७प ७१४६ नम्बरको स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

उनको उपचारका क्रममा गए राति महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए । रासस