काठमाडौँ, १७ माघ । थप ५ हजार २ सय ९२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ५३ हजार ९ सय १३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७९ हजार २ सय ७२ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ८ हजार १ सय ९१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ६२ हजार ८ सय ९८ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ७ सय ४३ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्