Banner News

१४ सांसद बर्खास्त नभएसम्म संसद बैठक अवरुद्ध रहन्छ : महासचिव पोखरेल



काठमाडौँ, १८ माघ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीबाट अलग भएका १४ सांसदलाई बर्खास्त नगरेसम्म संसद् बैठक लगातार अवरुद्ध पार्ने चेतावनी दिएका छन

महासचिव पोखरेलले  सामाजिक सञ्जालमा लेख्दै  जबसम्म एमालेको माग सम्बोधन हुँदैन तबसम्म अन्य एजेन्डामा सहभागी नहुने र भ्रम नछर्न समेत बताएका छन ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, “जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुँदैन तबसम्म अन्य एजेन्डामा सहभागी हुने कुरा छैन । भ्रम नछरौँ ।”