बर्दिया, १९ माघ । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पर्हरिले बर्दियाबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका ६ बस्ने ४१ मनिराम थारुलाई पक्राउ गरेको हो ।
थारुले ती बालिकालाई गत वैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गर्नुका साथै बालिकालाई गर्भवती समेत बनाएको प्रहरीले जनाएको छ ।
थारुविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्