राजनीति

जेठमा हुने चुनावमा पनि गठबन्धन मिलेर अघि बढ्छ : अध्यक्ष नेपाल



काठमाडौँ, १९ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर अघि बढ्ने बताएका छन् ।

आज पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको बताए ।

उनले भने, ‘जेठमा चुनाव हुन गइरहेको छ । त्यो चुनावमा पनि गठबन्धनका दलहरु मिलेर अगाडि बढ्नेछ’ ‘त्यसका लागि हामीले छलफल चलाइरहेका छौं ।’  ‘कसैले चाहना राखेका होलान्, गठबन्धन तोडौं भनेका होलान्, गठबन्धन तोड्नुस् साथ दिन्छौं पनि भनेका होलान् । सबै खालका कोशिस भइरहेको होलान् । तर उनीहरुको गलत मनसाय सफल हुनेवाला छैन ।’