राजनीति

लेखापरीक्षण समूहका १५ जना उपसचिवमा बढुवा (सूचीसहित)



काठमाडौँ, २०माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखापरीक्षण समूहका १५ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको बुधबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । जसअनुसार विश्वम्बर श्रेष्ठ, सुन्दर भुजेल, किशोर पोखरेल, डोरमणि घिमिरे, ठाकुरप्रसाद न्यौपाने, शैलेन्द्रकुमार भुसाल, मोहनप्रसाद भट्टराई, रमेश पुरी, कृष्णहरि दाहाल, पार्वती कँडेल, उमेश सुवेदी, ताराध्वज सुनुवार, वनमाली पौडेल, कृष्णप्रसाद शर्मा रेग्मी र जीवनकुमार मल्ल पनि बढुवा सिफारिसमा परेका छन् ।