समाचार

थप एक जना कोरोना संक्रमितको मुत्यु



दाङ, २० माघ । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीका अनुसार दाङ शान्तिनगर गाउँपालिका-२ का ८० वर्षीय एक पुरुषको बुधबार राति करीब १२ बजे बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनलाई माघ १६ गते अस्पतालमा भर्ना गरिएको थियो । बाँकेमा कोरोनाले मृत्युु हुनेको संख्या ३४७ र अन्य जिल्लाका मृत्यु हुनेको संख्या ४४२ पुगेको छ ।