काठमाडौँ, २१ माघ । काठमाडौँ उपत्यकामा सहरी पक्षीको सङ्ख्या बढेको छ ।
यस वर्षमा गरिएको सहरी पक्षी गणनामा उपत्यकामा ६ हजार ७ सयभन्दा धेरै चराको सङ्ख्या रहेको छ । यसपटकको गणना अनुसार उपत्यकामा ६ हजार ७ सय एक चरा रहेको तथ्याङ्क छ ।
गणनामा मलेवा, काग, भँगेरा, गाैँथली, डाङ्रे रुपी, जुरेली, वन रुपी, रुख भँगेरा, कालो चील र बकुल्लालगायत प्रजातिका चरा सबैभन्दा बढी पाइएको सङ्घले जनाएको छ । उपत्यकाको सहरी क्षेत्रमा अघिल्लो वर्षको तुलनामा ७ सय ६९ सङ्ख्याले र ग्रामीण क्षेत्रमा २ सय ९० सङख्याले बढेको छ ।










प्रतिक्रिया दिनुहोस्