काठमाडौँ, २१ माघ । नेकपा माओवादी केन्द्रको दुईजना नेता वर्षमान पुन र जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । हाल नेता पुन आइसोलेसनमा छन् । त्यस्तै, महासचिवका अर्का दावेदार जनार्दन शर्मा प्रभाकरलाई पनि कोरोना संक्रमण भएको छ ।
सरकारका अर्थमन्त्री समेत रहेका शर्मा पाँच दिन अघि गरेको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनी मन्त्री क्वार्टरमा आइसोलेसनमा बसेका छन् ।










प्रतिक्रिया दिनुहोस्