Banner News

१३८६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु



काठमाडौँ, २३ माघ । थप १ हजार ३ सय ८६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ६६ हजार ४ सय ५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४५ हजार २ सय ४८ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ८ हजार ७ सय ४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९३ हजार ४३ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ८ सय १४ जना पुगेको छ ।