Banner News

विदेशमा विद्यार्थी पठाएर अलपत्र पार्नेहरूलाई गृह मन्त्रालयको चेतावनी



काठमाडौँ, २४ माघ । गृह मन्त्रालयले अध्ययनका लागि विदेशमा पठाएर अलपत्र पार्ने कन्सल्टेन्सीलगायत संघसंस्था तथा व्यक्तिहरूलाई कारबाहीको चेतावनी दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति निकाल्दै विभिन्न देशका शैक्षिक संस्थाहरूमा अध्ययन गर्नका लागि विद्यार्थीहरू विदेश जाँदा सम्बन्धित देश, शैक्षिक संस्थाहरूले निर्धारण गरेको प्रक्रिया पूरा नगरी जाने, उक्त देशहरूमा गई अलपत्र पर्ने तथा कतिपय अवस्थामा नेपालमा नै फिर्ता हुने जस्ता घटना, समाचार र गुनासाहरू प्राप्त भएको भन्दै चेतावनी दिएको हो ।