अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २५ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ६ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।