समाचार

थप एक जना कोरोना संक्रमितको मृत्यु



काठमाडौँ, २५ माघ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार ताप्लेजुङ्गको याङवरकी ६५ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।

माघ २३ गते कोरोना संक्रमण पुष्टि भएकी महिला सोही दिन अस्पताल भर्ना भएकी थिइन् । ती महिलाले कोरोना विरुद्धको एक डोज पनि खोप नलगाएको पाइएको छ ।