Banner News

एमालेद्वारा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय



काठमाडौँ, २५ माघ । नेकपा एमालेले आगामी स्थानीय निर्वाचन केन्द्रीत सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

आगामी ७०८९ बैशाख ३० गते देशै भर एकै पटक हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीत रही प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

नेकपा एमालेको सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम

प्रदेश नं १– फागुन १– २, विराटनगर

मधेस प्रदेश– फागुन ३–४, जनकपुर

वागमती प्रदेश– फागुन ६–७, काठमाडौं

गण्डकी प्रदेश– फागुन ८–९, पोखरा

लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल/दाङ

कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत

सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी