काठमाडौँ, २५ माघ । भोली बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको बुधबारका लागि तय भएको बैठक स्थगित भएको हो ।
यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।










प्रतिक्रिया दिनुहोस्