समाचार

मोटरसाइकल र जीप ठोक्किँदा एकजनाको मृत्यु



कास्की, २६ माघ । कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जामा मोटरसाइकल र बोलेरो जीप आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् ।

वडा प्रहरी कार्यालय बगरका अनुसार गएराति ग१ज ५०५६ नम्बरको जीपले ग६प ८८०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक पोखरा महानगरपालिका–५, प्रस्याङ, धारापानीका २६ वर्षीय दीपक नेपालीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार गुल्मीका २२ वर्षीय सुनील नेपालीको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।उक्त जीपसहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।