Banner News

१३६९ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु



काठमाडौँ, २७ माघ । थप १३ सय ६९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७१ हजार ४ सय ७५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २२ सय ३८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ३० हजार ६ सय ७ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ८ सय ६४ जना पुगेको छ ।