काठमाडौँ, २८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर एमसीसीमा निर्णय गरिदिन अनुरोध गरेका छन् ।
नेकपा एमालेका नेता विष्णु रिजालले यस विषयमा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनका अनुसार ओलीले दाहाललाई पहिले ओलीलाई हटाएपछि निर्णय गर्छौँ, त्यसपछि ४,५ महिनामा पारित गर्छौँ भनेर लिखित कागज गरेको र अहिले सत्ता चलाइरहेकाले सत्तारुढ गठबन्धनले नै निर्णय गर्न भनेका थिए ।
रिजालले फेसबुकमा लेखेको छन, एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले- नेकपा (एमाले)को धारणा स्पष्ट छ ।
‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्; नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’










प्रतिक्रिया दिनुहोस्