काठमाडौँ, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत स्थानीय तहमा निर्वाचित हुने दावी गरेका छन् ।
आज एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनसँग एक्लै लडेर बहुमत स्थानीय तहमा जित हासिल गर्ने बताएका हुन् ।
‘बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’ आउँदो निर्वाचनमा बहुमत स्थानीय तहमा जित्छौं, के गर्लान् विचराहरु ? भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ’ उनले भने ।
कार्यक्रममा बोल्दै भने, “सभामुखले सरकारले निणयार्थ पेश गर्नका लागि संसद्मा लैजना गरेका प्रस्तावलाई पेश नगरेर रोक्छु भन्न सभामुखको अधिकार छैन । उनले अनधिकृत ढंगले बलमिच्याईं गरका छन् । यो गठबन्धनको निरिहता हो ।”
पहिलेका सभामुख पनि अधिकार बाहिर गएको र हालका सभामुखले त्यसलाई निरन्तरता दिएको उनको आरोप छ । ओलीले सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसीका बारेमा दिएको विरोधाभाषपूर्ण अभिव्यक्तिले विकास परियोजनलाई भू–राजनीतिक द्वन्द्वकारुपमा अघि बढाउन भूमिका खेलेको आरोप लगाएका छन् ।










प्रतिक्रिया दिनुहोस्