दाङ, २९ माघ । दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइते सबैको लमहीमा उपचार भइरहेको छ ।
भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप हिजो बेलुका गढवा गाउँपालिका वडा नम्बर–५ चिसापानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्