काठमाडौँ, २९ माघ । मानव बेचबिखन तथा ओसार पसार र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं.४ सरुअठा बस्ने सुरेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीद्वारा शुक्रबार पक्राउ गरि अभियुक्तलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरसमक्ष पेस गरिएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्