काठमाडौँ, २९ माघ । नेपाली कांग्रेसले स्थगित गरेका १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामकोे अधिवेशन हुन बाँकी छ।
उल्लेखित १६ जिल्ला अन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको निर्वाचन समेत सम्पन्न गर्ने मिति तय गरिएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्