समाचार

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते



भक्तपुर, ३ फागुन । भक्तपुरको च्यामासिंमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीका अन्सुअर हिजो बेलुका ८ बजे बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने दोलखाका ३४ वर्षका देवेन्द्र कार्कीको मृत्यु भएको हो ।

मोटरसाइकलका चालक घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।